काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्यसूची निकालेको छ । उक्त नयाँ मूल्य सूची अनुसार नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि थपघट भएको छैन।
यस अघि प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ भने गत शुक्रबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ नै कायम थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो।
आज चाँदीको मूल्यमा भने गरिवाट आएको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५० रुपैयाँ कायम भएको अवस्था छ।


































