National life

सुनचाँदीको मूल्यमा एकपछि अर्को रेकर्ड : आजसम्मकै उच्च मूल्यमा कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ माघ २०८२, आइतबार
1.5kShares
सुनचाँदीको मूल्यमा एकपछि अर्को रेकर्ड : आजसम्मकै उच्च मूल्यमा कारोबार
ncell

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गर्ने क्रम निरन्तर जारी रहेको छ। गत शुक्रबार पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँको आँकडा पार गरेको सुनको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ।

साताको पहिलो कारोबारका दिन आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले वृद्धि भएसँगै प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि गत शुक्रबार प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भई कीर्तिमान बनाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, सुरक्षित लगानीका रूपमा सुनप्रति बढ्दो आकर्षण तथा स्थानीय बजारमा मागको दबाबजस्ता कारणले सुनको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ।

यसैगरी आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। चाँदीको भाउ प्रतितोला २९० रुपैयाँले वृद्धि भई प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च मानिएको छ।

सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको मूल्य, ब्याजदरसम्बन्धी अपेक्षा तथा भूराजनीतिक तनावले बहुमूल्य धातुको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय संकेतअनुसार सुनचाँदीको मूल्य अझै उतारचढाव हुन सक्ने उनीहरूको अनुमान छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?