काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत बिहिबार प्रतितोला १ लाख १२ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन स्थिर रही प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि स्थिर रही प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।


































