National life

सुनिता विलियम्स र बुच विल्मोर नौ महिनापछि पृथ्वीमा फर्किए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
666Shares
सुनिता विलियम्स र बुच विल्मोर नौ महिनापछि पृथ्वीमा फर्किए
ncell

काठमाडौं। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् ।

बुधवार बिहान सवा ३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

अन्तरिक्षयानबाट बाहिर निस्किँदा दुवै अन्तरिक्षयात्रीको अनुहारमा खुसी देखिन्थ्यो। आइएसएसबाट छुटेको १७ घण्टापछि उनीहरु पृथ्वी आइपुगेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरुलाई बोकेको अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो । त्यसपछि चार प्यारासुटहरू खुले । प्यारासुटको मद्दतले उनीहरु फ्लोरिडाको तटमा बिस्तारै अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

नासाको कमर्सियल क्रू प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यहरूको प्रशंसा गरेका छन्। सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने योजना भएको भएपनि अन्तरिक्षयानमा समस्या उत्पन्न भएपछि उनीहरु लामो समय रोकिनु परेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?