काठमाडौं । महिलाहरूले अवसर पाएमा जस्तो सुकै काममा पनि सफलता प्राप्त गर्न सक्छन्, भन्ने ज्वलन्त उदाहरण हुन काठमाडौंकी गीता रायमाझी । जसले बीमा क्षेत्रमा काम गर्दै गर्दा आफूलाई सफल महिला अभिकर्ताको रूपमा चिनाएकी छिन् ।
उनी सिटिजन लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजरको रूपमा काम गर्दै बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिकर्ता हुन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ६ मा जन्मिएकी रायमाझीले आजको दिनसम्म आई पुग्नको लागि धेरै मिहेनत र सङ्घर्ष गरेकी छिन ।
शिक्षण पेसा गरिरहेकी रायमाझीलाई उनकै सहकर्मीले बीमा अभिकर्ता पेसाको बारेमा भनेपछि उनलाई यो पेसामा जोडिन मन लागेको थियो । त्यसपछि उनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ता पेसामा जोडिएकी थिइन् ।
उनको बिचारमा बीमाको परिभाषा
रायमाझीले प्राप्त गरेका सम्मान तथा पुरुस्कारहरु
https://www.youtube.com/watch?v=kgJMwnYc9II
शिक्षण पेसा छाडेर अभिकर्ता बनेकी रायमाझी यस पेसाबाट हुने कमाइमा सन्तुष्ट छिन् । यस पेसामा जति धेरै व्यवसायलाई प्रवद्र्धन गर्न सक्यो उति धेरै कमाई हुने उनको बुझाई छ । अभिकर्ता बनेर काम गर्दै गर्दा धेरै मिहिनेत र सङ्घर्ष गरेको बताउने रायमाझीले धेरै मानिसको बीमा गराइसकेकी छिन् । यस्तै यस क्षेत्रमा काम गर्दै गर्दा घरपरिवारबाट पनि राम्रो सहयोग पाएको उनले हामीसँगको कुराकानीको क्रममा सुनाइन् ।
सिटिजन लाइफमा बीमा गर्नुका फाइदाहरू
उनका अनुसार जीवनमा सुरक्षा खोज्ने सबैका लागि राम्रो विकल्प भनेको नै सिटिजन लाइफ हो । प्रतिस्पर्धा को युगमा हरेक सूचकहरूमा सिटिजन लाइफ अगाडि रहेको र कम प्रिमियममा ७ ओटा अतिरिक्त सुविधा लिन सकिने प्लान यो कम्पनीसँग रहेको उनले आर्थिक भ्वाइसलाई बताइन् ।
यसका साथै युनिभर्सल प्लान, ९० वर्षसम्म कभरेज दिने प्लानका साथै सजिलो दाबी भुक्तानीको लागि सिटिजन लाइफमै बीमा गर्नका लागि उनी सुझाव दिन्छिन् ।
अभिकर्ता बन्न चाहनेहरुको लागि रायमाझीको सुझाव
अभिकर्ता पेसा मात्रै यस्तो पेसा हो जहाँ आफूले चाहेको समय दिएर कम लगानीमा चाहेजती आम्दानी गर्न सकिन्छ । यो पेसा एक सामाजिक कार्य र व्यक्तिले आफ्नो सामाजिक उचाइ ग्रहण गर्न यस पेसामा जोडिन चाहनेहरूलाई आफूले सक्दो सहयोग गर्ने उनको भनाई छ ।
https://aarthikvoice.com/archives/43773

































