National life

सुन अब दैनिक २० किलोसम्म ल्याउन पाइने,केन्द्रीय बैंकले गर्यो नयाँ व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
595Shares
सुन अब दैनिक २० किलोसम्म ल्याउन पाइने,केन्द्रीय बैंकले गर्यो नयाँ व्यवस्था
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो ।

बुधबार केन्द्रीय बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हाल दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यद्यपि यसअघि नै दैनिक सुन आयातको कोटा दैनिक २० केजी रहेपनि घट्दो रेमिटेन्स र बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै केन्द्रीय बैंकले फागुन, २०७८ मा सुन आयातको कोटामा ५० प्रतिशतले कटौती गर्दै १० किलोमा झारेको थियो । तर, पछिल्लो समय विदेशी मुद्राको सञ्चितिसँगै सुनको मागमा वृद्धि भएकाले कोटा वृद्धि गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

सोही व्यवस्थामा केन्द्रीय बैंकले दैनिक सुन आयातको कोटा अनुसार एक महिनामा आयातित सुनको कोटा अनुसार अपुग भए अर्को महिना थप ल्याउन नपाइने तर सोही महिनाको एक दिनको अपुग परिणाम अर्को दिन थप ल्याउन पाउने व्यवस्था समेत गरेको छ ।हाल राष्ट्र बैंकको अधीनमा रहेर वाणिज्य बैंकहरुले मात्र सुन आयात गरिरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?