National life

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1.2kShares
सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा
ncell

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

मुद्दासम्बन्धी फाइल बोकेर आयोगका कर्मचारीहरू विशेष अदालत पुगेका छन् र हाल त्यहाँ कागजात जाँच तथा दर्ता प्रक्रियाको काम भइरहेको अदालत स्रोतले जनाएको छ ।

नेकपाका नेता समेत रहेका महराको नाम भेप प्रयोग गरी गरिएको सुन तस्करी प्रकरणमा जोडिएको हो । अनुसन्धानका क्रममा चिनियाँ नागरिकसँग उनको सम्बन्ध र कारोवारका तथ्यहरू खुलेपछि अख्तियारले मुद्दा अघि बढाउने निर्णय गरेको बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०७९ सालमा चिनियाँ समूहले भेपको आडमा सुन भित्र्याउने प्रयास गर्दा भन्सार विभागले बरामद गरेको थियो । त्यस घटनाको थप अनुसन्धान गर्दै जाँदा महरा, उनका छोरा राहुल लगायत अन्य व्यक्तिहरूको संलग्नता देखिएको स्रोतको भनाइ छ ।

यद्यपि, अख्तियारले उनीमाथि लागेको ठोस आरोप र बिगोको विवरण भने सार्वजनिक गरिसकेको छैन।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?