National life

सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक पौडेल सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
900Shares

काठमाडौँ। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, सहायक निर्देशक रमेश पोख्रेल र अन्य चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ती व्यक्तिहरूले आपसी मिलेमतोमा सूचना प्रविधिसम्बन्धी सेवा खरिद र कार्यान्वयन प्रक्रियामा कानुनी मापदण्ड उल्लंघन गर्दै केही निजी कम्पनीहरूलाई अनुचित लाभ पुर्‍याएको आयोगको भनाइ छ ।

सोही क्रममा राज्यलाई आर्थिक हानि पुर्‍याएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो। आयोगले मुद्दा दायर गर्दा संलग्न व्यक्तिहरूले वित्तीय अनुशासन मिचेको र प्रक्रियागत त्रुटिका नाममा सरकारी निकायलाई क्षति पुर्‍याएको प्रमाण फेला परेको जनाएको छ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
900SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?