National life
cg eloctronics

सूर्यज्योति लाइफको खुद नाफामा वृद्धि ,अधिकाशं सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ माघ २०८२, बुधबार
817Shares
सूर्यज्योति लाइफको खुद नाफामा वृद्धि ,अधिकाशं सूचकमा देखियो प्रगति
muktinatha bikash bank

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जुअनुसार कम्पनीको बीमाशुल्क आर्जन र नाफा दुवै बढेको छ ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा २० करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १९ करोड ६१ लाखको तुलनामा २.९२ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ७१ करोड रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ५ अर्ब ६३ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ६ अर्ब २७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ६ अर्ब ६४ करोडबाट बढेर ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी ७ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

everest bank

पुस मसान्तसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा गिरावट आएको छ । अघिल्लो आवमा ९२ करोड ३६ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ४५ करोड २९ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४४ करोड २ लाख रुपैयाँबराबरको रहेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०८६.५७ रुपैयाँ र पीई अनुपात ५५.६९ गुणा कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?