National life

सूर्यज्योति लाइफको नाफामा ११ प्रतिशतले वृद्धि , तीन महिनामा १२ करोड ८० लाखको ‘मुनाफा’

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२५ कात्तिक २०८२, मङ्गलबार
1.2kShares
सूर्यज्योति लाइफको नाफामा ११ प्रतिशतले वृद्धि , तीन महिनामा १२ करोड ८० लाखको ‘मुनाफा’
ncell

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समिक्षा अवधिमा वित्तीय सूचकहरूमा सुधार देखाएको विवरण सार्वजनिक गरेको छ।

कम्पनीले हालको त्रैमासिक अवधिमा कम्पनीले १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आ­र्थिक वर्षको ११ करोड ५३ लाख रुपैयाँ थिए। यसरी नाफामा लगभग ११ प्रतिशत वृद्धि भएको छ।

कम्पनीको चुक्ता पूँजी हाल ५ अर्ब १ करोड रुपैयाँ रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विवरणअनुसार, महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ, र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चिति रहेको छ।

समिक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्कमा पनि वृद्धि देखिएको छ । बीमाशुल्क आर्जनमा १८.७४ प्रतिशत, तथा कम्पनीको कुल आम्दानीमा १२.२८ प्रतिशत वृद्धि भएको छ। त्यसैगरी, कुल दाबी भुक्तानी १४.८२ प्रतिशत, र कुल खर्चमा १२.१७ प्रतिशत वृद्धि भएको विवरणले देखाएको छ।

कम्पनीले यस विवरणमार्फत परिवर्तनशील बजार परिस्थितिका बाबजुद आफ्नो वित्तीय संरचनालाई सुदृढ बनाउँदै, लागत नियन्त्रण र दाबी व्यवस्थापनमा असरकारक कदम चालिरहेको संकेत दिएको छ। यसबीच, जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा कम्पनीले आफ्नो चुक्ता पूँजी, सञ्चित पूँजी र लाभांश क्षमता समेत बलियो बनाएर लगानीकर्ता तथा अभिकर्ता दुवैको विश्वास जित्ने प्रयासमा रहेको देखिन्छ।

साथै, कम्पनीले आगामी त्रैमासिक अवधिमा डिजिटल सेवा विस्तार, उत्पाद पोर्टफोलियो विविधीकरण र शाखा सञ्जाल सुदृढीकरणमार्फत आम्दानी तथा नाफा दुवैमा अझ प्रभावकारी वृद्धि गर्ने रणनीति अघि सारेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?