National life

सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
1.3kShares
सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
ncell

काठमाडौँ । कम्पनीले आफ्नो १८औं वार्षिक साधारणसभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत,उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।

सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ। साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीनतम सेवा लगाएत डिजिटल रूपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय शेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरुको मेहनत र कर्मचारीहरूको लगन भएको बताए ।

साधारणसभाका दौरान, शेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएका छन। कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ परिस्कृत र परिमार्जित गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएको छ ।

नेपालकै पहिलो ९००१-२०१५ आई, एस.ओ. प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पूजी रु. ५०१ करोड, जीवन बीमाकोष रु. ४,३८३ करोड, लगानी रु. ४,८४५ करोड, नेटवर्थ रु ६७४ करोड, १ लाख ६ हजार अभिकर्ता संख्या, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशै भरि रहेका १७६ शाखा संजाल मार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ। साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरु बिरुद्ध रु. ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?