National life

सूर्यज्योति लाइफले चारवटा बिधामा पायो प्रतिष्ठित इमर्जिङ एशिया अवार्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
759Shares
सूर्यज्योति लाइफले चारवटा बिधामा पायो प्रतिष्ठित इमर्जिङ एशिया अवार्ड
ncell

काठमाडौं । जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ।

अवार्डको चौथो संस्करण अन्तर्गत २२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरेको ‘ चौर्थौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’ मा सूर्यज्योति लाइफले बेस्ट वुमन इन लिडरशीप, बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ्ग,बेस्ट इनोभेसन एण्ड डाईभर्सिफिकेसन र बेस्ट लाइफ इन्स्योरेन्स गरी चारवटा बिधामा अवार्ड हासिल गर्न सफल भएको हो ।

कार्यक्रममा चारवटै बिधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले ग्रहण गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाईल्याण्ड लगायत अन्य देशहरुका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी , इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरु लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?