National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ जेठ २०८०, बिहिबार
1.2kShares
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विराटगरमा सम्पन्न भएको सभाले कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ । उक्त निर्वाचनबाट संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रिया तायल निर्वाचित भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले चालु आर्थिक बर्ष २०७९÷०८० को चैत्र मसान्तसम्म देशभरिका आफ्ना १८१ शाखा सञ्जालमा रहेका ८६९२६ अभिकर्ताहरु मार्फत ३७६७४६ बीमालेखबाट प्रथम बीमा शुल्क रु.१,८९,६५,२१,५५८ तथा नविकरण बीमा शुल्क रु.४,३०,४८,६३,९६४ गरी कुल रु.६,२०,१३,८५,५२२ आर्जन गर्नुका साथै कुल जीवन बीमा कोष रु.२५,३६,९२,८०,१५५ कुल लगानी रु.२७,८४,८४,३९,०२२ कुल दावी भुक्तानी रु.२,८८,६५,६४,०४३ गरेको जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?