काठमाडौं।जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ।
अवार्डको पाचौं संस्करण अन्तर्गत ७ फेब्रुवरी, २०२५ मा इन्डियन चेम्बर अफ कमर्सले थाईलेन्डको बैंककमा आयोजना गरेको ‘पाचौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२४ मा सूर्यज्योति लाइफले “Best Innovations Led by Technology and Insurtech's - Nepal” बिधामा अवार्ड हासिल गर्न सफल भएको हो।उक्त कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाईल्याण्ड लगायत अन्य देशहरुका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी, इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरु लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो।
उक्त बिधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अधक्ष्य केशव प्रसाद भट्टराईले ग्रहण गरेका थिए । उक्त अवसरमा कम्पनीका संचालक हेमन्त नहाटा, कर्मचारी द्वय निरञ्जन रेग्मी र गीता बस्नेतको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरेका सूर्यज्योति लाइफका संचालक हेमन्त नहाटा प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी थिए। संचालक हेमन्त नहाटाले सोहि अवसरमा सूर्यज्योतिले अवलम्वन गरेको डिजिटल प्रविधिको रणनीति र हाल नेपालमा बीमा क्षेत्रको अवस्था र यसका चुनौती माथि प्रकाश पारेका थिए।

ऐतिहासिक सफल मर्जरको इतिहास रच्न सफल कम्पनीले छोटो अवधिमै हरेक सुचांकहरुमा उत्कृष्टता हसिल गर्दै आईरहेको र यो अन्तराष्ट्रियस्तरको अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिने कम्पनीका सम्पूर्ण कर्मचारी र अभिकर्ताहरुको प्रमुख भुमिका रहेको जानकारी गराउँदै, नियमनकारी निकाय बीमा प्राधिकरणको मार्गनिर्देशन, कम्पनीको सञ्चालक समितिको हौसला र बिश्वाशको लागि अधक्ष्य भट्टराईले कृतज्ञता व्यक्त गरे।
https://aarthikvoice.com/archives/53062

































