National life

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई हिरासत राख्न ४ दिन म्याद थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ साउन २०८२, शुक्रबार
645Shares
सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई हिरासत राख्न ४ दिन म्याद थप
ncell

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालको हिरासत बसाइँ थप ४ दिन लम्बिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई अनुमति दिएको हो ।

अग्रवाललाई ठगी तथा विश्वासघात अरोपमा प्रहरीले गत सोमबार टोखाबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै अदालतमा पेस गरेको प्रहरीले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अग्रवाल माथि २२ करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो। अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने र ती खाता मार्फत आफै खरिद गर्ने र आफैले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । साथै आफैले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने समेतको काम गरेपछि धितोपत्र बोर्डमा उजुरी समेत परेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?