National life

सेयर बजारमा भारी गिरावट, यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
1.5kShares
सेयर बजारमा भारी गिरावट, यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी
ncell

काठमाडौं। सेयर बजारमा आज उल्लेखनीय गिरावट आएको छ। बिहीबार नेप्से ३३.८३ अंकले झरेर २,८३३.०३ बिन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारमा ३४२ कम्पनी सहभागी भए पनि तीमध्ये केवल ३१ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। बाँकी २३६ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको मूल्य भने यथावत् रह्यो।

आज कुल २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ।

आज रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यिनीसँगै होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डस्ट्रिजका लगानीकर्ताले राम्रो नाफा कमाएका छन्।

अर्कोतर्फ, सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र भुजुङ हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी घाटा बेहोरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?