काठमाडौं। साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी गिरावट देखिएको छ।
आइतबार नेप्से परिसूचक ७१.०५ अंक घटेर २८७९.११ विन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ करोड ५२ लाख ४८ हजार कित्ता सेयर कुल १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको छ।
आजको बजारमा १० कम्पनीको सेयर मूल्य बढ्दा, २५५ कम्पनीको मूल्य घटेको छ र १ कम्पनीको मूल्य स्थिर रह्यो।
त्यसैगरी, केही कम्पनीहरूको सेयरमा ठूलो उतारचढाव देखियो। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जीमा १० प्रतिशतसम्मको सर्किट लागेको छ।
साथै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा ९.९९ प्रतिशत र भुजुङ हाइड्रोपावरमा ९.९८ प्रतिशतले सर्किट लागेको छ।

































