National life

‘सेयर बजार र घरजग्गा व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोण देखेर विरक्त लाग्छ’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
395Shares
‘सेयर बजार र घरजग्गा व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोण देखेर विरक्त लाग्छ’
ncell

काठमाडौं । पुँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औँ वार्षिक साधारण सभामा बोल्दै देशको अर्थतन्त्र चिन्ता र धेरै नै चासो दिने अवस्थामा रहेको बताएका छन्।

अर्थतन्त्र निसास्सिने अवस्थाबाट बिस्तारै माथि उठेको भन्दै पौडेलले भने ‘ पर छितीजबाट जुनको किरण देखिएको हो कि भन्ने अवस्थामा हाम्रो अर्थतन्त्र छ निरन्तर चुलिएको निराशाबाट धेरथोर आशा पलाएको छ ’ । बजार चलायमान बनाउनका लागि निराशाका कुरा मात्रै गर्न नहुने बताउँदै पौडेलेले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार देखिएको समेत बताए ।

पौडेलले सरकारले गरेका केही सकारात्मक कामको समेत चर्चा गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको तुलामा यस वर्षमा केही मात्रामा राजस्व वृद्धि हुनु , साधारण खर्चको भोलुम थोरै भए नि घट्नु, बैंकको व्याजदरमा कमी आउनु ,खस्कँदो अर्थतन्त्रमा सुधार ल्याउन उच्च स्तरीय छानबिन समिति गठन गर्नु सह्रानीय काम भएको पौडेको भनाई छ ।

यसले लगानीकर्ता तथा व्यवसायीलाई आशा जगाउने काम गरेको उनी बताँउछन् । सरकारले समयमै अर्थतन्त्रको वास्तविक अवस्था नबुझेको कारण यस्तो समस्या निम्तिएको जिकिर गर्दै कम्तीमा सरकारले आज अर्थतन्त्र सुधार गर्न जुन प्रयास गरेको छ त्यो प्रयास केही समय अगाडि नै गरेको भए बजारमा थप सुधार आउनसक्ने पौडेलको बुझाई छ ।

व्यवसायीले गाह्रो भयो,अप्ठ्यारोमा परियो भन्दा समेत बेवास्ता गर्दा यस्तो परिणाम आएको बताउँदै पौडेलले सेयर बजार र घरजग्गा व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोण देखेर आफूलाई विरक्त लागेको बताएका छन् ।

व्यवसायीले सरकारलाई तिर्नुपर्ने राजस्व समयमै तिर्न नसक्दा व्यवसायीहरूले यति रकम तिर्न बाँकी भनेर ठुला ठुला अक्षरमा समाचार बन्ने गरेको भए पनि सरकारले व्यवसायीको पैसा नदिएर आफैँ चलाइरहेको विषय भने कहीँ कतै नआउने गरेकोमा भने चिन्ता व्यक्त गरेका छन् ।

‘डेढ खर्ब रुपैयाँ व्यवसायीको पैसा सरकारले चलाएको छ, व्यवसायीले बक्यौता तिर्न बाँकी छ भनेर सरकारले भनिरहन्छ, मिडियामा पनि ती कुराहरू समाचार बन्छन्, तर सरकारले व्यवसायीको पैसा चलाएको कुरा कतै आउँदैनन्’ पौडेलले भने।

५ वर्षको एडभान्स कर सरकारले फिर्ता गरेको छैन, निर्माण व्यवसायीको करोडौँ भुक्तानी गरेको छैन, व्यवसायीलाई भने एक दिन कर तिर्न ढिला भयो भने पेनाल लगाइन्छ ।’ पौडेलले व्यवसायीको यो दुख सरकारले गम्भीर रूपमा लिन जरुरी रहेको भन्दै भने ।

सरकारले सेयर बजारलाई हेर्ने दृष्टिकोण देखेर आफुलाई विरक्त लागेको पौडेलको दुखेसो छ । २० प्रतिशत लगानीकर्ता झुम्मिएको क्यापिटल बजारमा सरकारले देखाएको मौनता र सही नीति निर्माण नहुँदा निराश र पलायनको बाटो खोजेको पौडेलको बुझाई छ ।

यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?