National life

स्टार्टअप सम्मेलन सम्पन्न, नवप्रवर्तनका लागि ९ बुँदे घोषणापत्र जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०४ जेठ २०८३, सोमबार
1.1kShares
स्टार्टअप सम्मेलन सम्पन्न, नवप्रवर्तनका लागि ९ बुँदे घोषणापत्र जारी
ncell

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा स्टार्टअप तथा नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन क्षेत्रको विकासका लागि नीतिगत सुधार र सहजीकरणको माग गरेको छ।

बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरसँगको सहकार्यमा सूर्यविनायकस्थित क्लब बागमतीमा सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनले उद्यमीलाई तालिम, परामर्श र सहुलियत कर्जा उपलब्ध गराउन बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गर्नुपर्ने, स्टार्टअप कोषमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने तथा परियोजना धितोमा आधारित ऋण प्रक्रिया सहज बनाउनुपर्ने सुझाव दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, वैदेशिक रोजगारीमा निर्भरता घटाउन स्वदेशमै रोजगारी र उद्यमका अवसर विस्तार गर्न उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला व्यवसायलाई प्राथमिकतामा राखेर लगानीमैत्री नीति आवश्यक रहेको सम्मेलनको निष्कर्ष छ।

कार्यक्रममा उद्योग दर्ता, कर प्रणाली र नवीकरण प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइ एकद्वार प्रणाली लागू गर्नुपर्ने, साथै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन निर्यात प्रक्रिया सहज बनाउनुपर्ने पनि उल्लेख गरिएको छ।

सम्मेलनको उद्घाटन बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले गरेकी थिइन्। उनले स्टार्टअप क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको र आवश्यक कानुनी सुधार भइरहेको बताइन्।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले युवा उद्यमशीलता प्रवर्द्धन र नवप्रवर्तन संस्कृतिको विकासका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिए।

सम्मेलनमा प्यानल छलफल, उद्यमीहरूको अनुभव सत्र तथा स्टार्टअप पिच प्रस्तुत गरिएको थियो। साथै विभिन्न २२ स्टल प्रदर्शनीमा राखिएकोमा ‘प्लान माई नेपाल’ को स्टललाई उत्कृष्ट नवप्रवर्तन स्टल घोषणा गरिएको आयोजकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?