National life
cg eloctronics

स्टार माइक्रो इन्स्योरेन्सबारे फैलिएका भ्रामक सूचनाप्रति कम्पनीको आपत्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
1.5kShares
स्टार माइक्रो इन्स्योरेन्सबारे फैलिएका भ्रामक सूचनाप्रति कम्पनीको आपत्ति
muktinatha bikash bank

काठमाडौँ। स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित आफ्ना सम्बन्धमा आएका भ्रामक र अपुष्ट सूचनाप्रति गम्भीर आपत्ति जनाएको छ। कम्पनीले विशेषगरी सेयर संरचना (सेयरहोल्डिङ) सम्बन्धी विषयमा केही व्यक्तिहरूको नाम जोडेर गरिएको गलत व्याख्याले लगानीकर्ता तथा सेवाग्राहीमा भ्रम सिर्जना गरेको बताएको छ।

कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा स्टार माइक्रो इन्स्योरेन्स कानुनी प्रावधानअनुसार सञ्चालनमा रहेको वित्तीय संस्था भएको र यसमा ठूलो संख्यामा सर्वसाधारणको लगानी रहेको उल्लेख गरिएको छ। यस्ता गलत सूचनाले लगानीकर्ताको विश्वासमा नकारात्मक असर पार्नुका साथै कम्पनीको प्रतिष्ठामा समेत क्षति पुग्न सक्ने कम्पनीको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशन वा प्रसारण गर्नु अघि तथ्यहरूको सत्यता पुष्टि गर्न र जिम्मेवार तथा निष्पक्ष पत्रकारिताको अभ्यास गर्न आग्रह गरेको छ। साथै, सम्बन्धित नियामक तथा सरोकारवाला निकायहरूलाई यस्ता भ्रामक सूचनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि अनुरोध गरिएको छ।

प्रेस विज्ञप्तिमा कम्पनीको सेयर स्वामित्व संरचना पूर्ण रूपमा पारदर्शी र कानुनी मापदण्डअनुसार व्यवस्थित रहेको स्पष्ट पारिएको छ। कुनै पनि प्रकारका अफवाह वा गलत व्याख्याविरुद्ध कडा रूपमा उभिने चेतावनीसमेत कम्पनीले दिएको छ।

everest bank

कम्पनीले अन्त्यमा आफ्ना सेयरधारक, सेवाग्राही तथा सरोकारवालाहरूलाई अपुष्ट समाचारप्रति सचेत रहन र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन अनुरोध समेत गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?