National life

स्थानीय तह उपनिर्वाचन: रुकुम पूर्वमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ मंसिर २०८१, बुधबार
640Shares
स्थानीय तह उपनिर्वाचन: रुकुम पूर्वमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित
ncell

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

पुथा उत्तरगंगा गाउँपाकिलका–२ मा माओवादीका उमेदवार घर्ती निर्विरोध निर्वाचित भएर स्थानीय तह उपनिर्वाचनमा माओवादीले खाता खोलेको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिए ।

उनका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् ।

२०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले २३४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?