National life

स्वदेशी पुनर्बीमा कम्पनीमा बीमा गराउने ट्रेण्ड: चोइसको अवसर गुम्यो-बीमक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ जेठ २०८१, बुधबार
611Shares
स्वदेशी पुनर्बीमा कम्पनीमा बीमा गराउने ट्रेण्ड: चोइसको अवसर गुम्यो-बीमक
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा संकलन भएको बीमाशूल्क (प्रिमियम) सकेसम्म स्वदेशमा राख्नु पर्ने नीति कडाईका साथ लागू गर्दै आएको छ । पुनर्बीमा कम्पनीले विश्वव्यापी रुपमा व्यवसायीक सम्बन्ध गाँस्ने भएकाले पनि स्वदेशकै कम्पनीमा पुनर्बीमा गराउँनु पर्ने अवधारणा बीमा प्राधिकरणले अघि सारेको पाइएको हो ।

ठिक यही अवस्थामा यता बीमा कम्पनी (बीमक) हरुले भने आफूहरुको व्यवसायी स्वतन्त्रतामा ठूलो धक्का लागेको बताएका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा नेपालमा नाम चलेको एक ठूलो तथा पुरानो बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले भने, ‘स्वदेशमा पुनर्बीमा गर्नु राम्रो कुरा हो तर स्वदेशमा रहेको पुनर्बीमा कम्पनीहरुका लागि पनि कुनमा कति व्यवसाय राख्ने भन्ने बाध्यकारी नीति ल्याउँनु भनेको गभिर विषय हो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ती सीईओले उक्त विषयमा गम्भिर आपत्ती जनाउँदै पुनर्बीमा गर्ने कुरा चानचुन कुरा नभई ठूला महामारीमा गरिब जनताले आर्थिक लाभ पाउँने, विधवाले आफ्नो दुलाहा मर्दा दुखको रकम पाउँने देखि गरिब, बिरामी ग्राहकको पैसा आफूहरुले वितरण गर्ने बताएका छन् । त्यसरी ग्रहकलाई अधिकांश दुखद अवस्थामा नै बीमा कम्पनीहरुले रकम हस्तान्तरण गर्ने भएकाले बीमा कम्पनीले व्यवसायको साथ साथै सेवालाई समेत प्राथमिकता दिनेमा जोड दिएका छन्।

त्यस्तै, ती स्रोतले बीमा कम्पनीहरुले जति उदार भएर पुनर्बीमा व्यवसाय गर्न पायो त्यति नै धेरै शेयरहोल्डर, बीमित र अन्य प्रतिफल खाने जो कोही नाफामा जाने स्पष्ट पारेका छन् । तर, नेपाल बीमा प्राधिकरण भने उक्त नीतिमा निकै कठोर देखिएको बीमकहरुको गुनासो छ । ओपन मार्केट इकोनोमीको कन्सेप्टमा विश्व अर्थतन्त्र चलिरहेको वर्तमान समयमा पुनर्बीमा कम्पनी बीमा कम्पनीहरुलाई बाध्न खोज्दा कहिकतै सिण्डीकेटको संकेत देखिएको छ कि छैन ? भन्ने कुरामा बीमा नियमनकारी निकायले आत्म-आलोचना गर्न आवश्यक रहेको बीमाकहरुले औंल्याएका हुन्।

व्यंग्य गर्दै बीमकहरुले नियमनकारी निकायको आफूहरुले खण्डन गर्न नमिल्ने बताउँदै तर नियामकले पनि आफ्नो धर्म, बीमा कम्पनीहरुको चाहना र समग्र बजारको मागलाई समेत प्राथमिकता दिनु पर्ने बताए । उनीहरुले आफूहरले बीमा प्राधिकरण विरुद्ध बोल्ने कुनै पनि उदेश्य नभए पनि प्राधिकरणले बेलैमा आफूहरुले चालेका कतिपय एकलौटी ढंगका नीति बेलैमा फेरबदल नगरेमा त्यसले बीमकहरुलाई त असर पार्छ नै त्यो भन्दा पनि ठूलो धक्का ओभर अलमा बीमा प्राधिकरणलाई नै पर्ने ठोकुवा गरेका हुन् ।

त्यस्तै, बीमा प्राधिकरणको कुनै पनि आलोचना गर्ने नीति नेपालमा नरहदा हाम्रा छिमेकी मुलुक चीन र भारतमै बीमाको नियमनकारी निकायले रचनात्मक सुझावका रुपमा आफ्ना बीमा कम्पनीहरु प्लेयर हरुको सुझावलाई गम्भिरता पूर्वक ग्रहण गर्ने स्मरण गराएका छन् । उक्त विषयमा समाचार संम्प्रेषण गर्दै गर्दा बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले दुई वटा पुनर्बीमा स्वदेशमा स्थापना गर्नुको आफ्नै तर्क भए पनि व्यवसायको हकमा भने यही कम्पनीमा यस्तो व्यवसाय गर भन्दा नेपाली पुनर्बीमा व्यवसाय विश्व जगतमा नै केही नमिल्दो अभ्यास गरिरहेको छैन भन्ने केही बीमकहरुले ध्यानाकर्षण गराएका छन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?