National life

स्वस्थ जीवनका लागि रातिको खाना कुन समयमा खाने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असार २०८२, शनिबार
478Shares
स्वस्थ जीवनका लागि रातिको खाना कुन समयमा खाने ?
ncell

काठमाडौँ । स्वस्थ जीवन जिउनका लागि सही समयमा खाना खानु जरुरी छ । गलत समयमा खाना खाँदा शरीरलाई नोक्सान पुग्छ । राति ढिलो खाना खानेलाई विभिन्न समस्या आउने चिकित्सकहरूले बताएका छन् ।

कोहि साँझ परेपछि खाना खान्छन् त कोही राति अबेर खाना खान्छन् ।

Royal Enfield
nic asia capital
तर चिकित्सकहरु भन्छन्, बढ्दो प्रदुषण अस्वस्थकर आहारविहार व्यस्त जीवनशैली अपनाउने भएको कारण पनि रातको खानामा केहि अनिवार्य जस्तै शर्तहरु तपाईले मान्नुपर्छ । किनकी तपाईले खाएको खाना जिब्रोको लागि मात्रै होईन । अर्थात् स्वादको लागि भन्दापनि शरीरको आवश्यकता हेरेर खानेकुरा खानुपर्छ ।

हामी धेरैले राती कुन समयमा खाना खाने यकिन समय कायम गरिरहेका हुँदैनौ । नेपाली समाजको हकमा धेरैजसो सात, आठ वा नौ बजेसम्म रातिको खाना खाने गरेको पाइन्छ । तर यी मध्ये कुन समय खानाका लागि उपयुक्त हो भन्ने धेरैको जिज्ञासा रहेको हुन्छ ।

साथै नेपाली समाजमा खाना खाने समयको बारे अर्को पनि भाष्य छ । खाना कति बेला खानेभन्दा हामीलाई जति बेला भोग्छ लाग्छ त्यहिबेला भनेर , खाना भनेको भोक लागेको बेला खाने हो । जति बेला मन लाग्छ त्यही बेला खाने हो भनेर तर यस प्रकारको मानसिकताले स्वतथ्यमा गम्भीर समस्या ल्याउने स्वाथ्यविज्ञको भनाई छ ।

एक अध्ययनका अनुसार रातिको खानामा सुत्नुभन्दा ३ घण्टा पहिले खाने उपयुक्त हुने विज्ञहरूको दाबी छ । साथै, अन्य स्न्याक्सहरु ९० मिनेट पहिले नै खादा स्वाथ्यको लागी राम्रो हुने विज्ञहरूको भनाई छ । त्यस्तै, राति ढिलो खाना खाँदा मोटोपना बढ्ने, उच्च रक्तचाप, मधुमेह, हृदयरोग , मुटुसम्बन्धी समस्या बढाउने र स्मरण शक्तिमा असर गर्नुको साथै, पाचन प्रक्रियामा गडबडी आउने जानकारहरूको भनाई छ ।

यसकारण उचित खानपान तालिका अनुसार राती अबेर खाना खानु उपयुक्त नहुने र जतिसक्दो चाडो खाना खानु राम्रो हुने विज्ञहरूको भनाई छ ।  त्यस्तै, बिहानको खाना जति सेवन गरिन्छ, त्यसपछि खानाको मात्रा कम गर्दै जानुपर्ने र सकेसम्म रातको खाना कम खाएको राम्रो हुने स्वाथ्य विज्ञको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?