National life

स्वाभिमान लघुवित्तको खुद नाफामा ८१९ प्रतिशतले वृद्धि ,वितरणयोग्य प्रति शेयर रकम कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
1.1kShares
स्वाभिमान लघुवित्तको खुद नाफामा ८१९ प्रतिशतले वृद्धि ,वितरणयोग्य प्रति शेयर रकम कति ?
ncell

काठमाडौँ । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। लघुवित्तले प्रकाशन गरेको विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा ७ करोड २३ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ८१९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ७८ लाख ७२ हजार रुपैयाँ कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८६.४३ प्रतिशतले बढेर २० करोड ५० लाख पुगेको छ। कम्पनीको सञ्चालन नाफा ११ सय प्रतिशतले बढेर १० करोड ९४ लाख पुगेको छ ।

त्यस्तै, कम्पनीको वितरणयोय मुनाफा ६ करोड ३ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम ३९.३२ रुपैयाँ रहेको छ । यसले कम्पनीको लाभांश क्षमता ३९.३२ प्रतिशत रहेको उल्लेख गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५.३९ रुपैयाँबाट बढेर ४७.१५ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १८७.२७ रुपैयाँ रहेको छ। भने कम्पनीको  खराब कर्जा ७.३५ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?