National life

स्वास्थ्य स्वयंसेविकाहरूले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ कात्तिक २०८१, शुक्रबार
1.3kShares
स्वास्थ्य स्वयंसेविकाहरूले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने
ncell

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको छलफलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।

मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको मन्त्रालयले जनाएको छ ।

विपद् प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकासँग सेवाको कदरस्वरूप यातायात निःशुल्क बनाउने काममा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा मन्त्री पौडेले गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए ।

त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भए पछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो ।

१५ कात्तिकदेखि यस्तो व्यवस्था लागु गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाएका छन् ।

‘महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्त्वपूर्ण छ,’ मन्त्री पौडेलले भने, ‘आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्दछु ।’

मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफू चिन्तित रहेको बताए ।

महासंघका अध्यक्ष स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गरे ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले निकै महत्त्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरिन् ।

‘यो हाम्रा लागि ठूलो निर्णय हो,’ उनले भनिन्, मन्त्रीज्यू र यातायात व्यवसायीलाई धन्यवाद ।’

यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?