National life

हाजिरी जमानतमा छुटे महरा, छोरा निर्मलको जिम्मामा छोडिएको छ: सीआईबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ चैत २०८०, शुक्रबार
677Shares
हाजिरी जमानतमा छुटे महरा, छोरा निर्मलको जिम्मामा छोडिएको छ: सीआईबी
ncell

काठमाडौँ। सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरा अन्ततः हाजिरी जमानतमा छुटेका छन्।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराको बुधवार देखी सुरु भएको बयान लिने कार्य बिहीबार नै सकिएको हो । स्वास्थ्यमा झनझन समस्या देखिँदै गएपछि महरालाई हाजिरी जमानीमा छोडिएको छ।

चैत ५ गते कपिलवस्तुको पकडिबाट पक्राउ परेका महरालाई चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएपछि छोरा निर्मल महराको जिम्मा लगाएर पठाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा महराको संलग्नता देखिएको कारण उनीमाथि अनुसन्धान भएको हो।

 

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?