National life

हितेन्द्रदेवले चाले नयाँ कदमः ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.3kShares
हितेन्द्रदेवले चाले नयाँ कदमः ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
ncell

काठमाडौं। नेपाल विद्युत प्राधिकरणअन्तर्गत स्थापना गरिएको ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। सूचना प्रविधि र दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासलाई सुदृढ बनाउने उद्देश्यसहित कम्पनीले काम सुरु गरेको हो।

प्राधिकरणले यो कम्पनीमार्फत गुणस्तरीय इन्टरनेट सेवा विस्तार, पूर्वाधारको साझा उपयोग र डिजिटल पहुँच वृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार कम्पनीले इन्टरनेट सेवा प्रदायकहरूलाई ‘प्लग–एण्ड–प्ले’ मोडलमा पूर्वाधार उपलब्ध गराउनेछ, जसले गर्दा छुट्टाछुट्टै पोल गाड्ने वा तार तान्ने आवश्यकता घट्नेछ।

यसले सेवा प्रदायकहरूको लागत कम हुने र त्यसको लाभ उपभोक्ताले सस्तो इन्टरनेटका रूपमा पाउने अपेक्षा गरिएको छ।

कम्पनीले अप्टिकल फाइबर, भूमिगत डक्ट र पोलजस्ता पूर्वाधार भाडामा उपलब्ध गराउनेछ। यसले काठमाडौं उपत्यकामा देखिएको अव्यवस्थित तार व्यवस्थापनमा सुधार ल्याउने र सहरको सौन्दर्य बढाउने विश्वास गरिएको छ।

साझा पूर्वाधार प्रयोगले विद्युत तथा टेलिफोनका तारहरू जुध्दा हुने दुर्घटनाको जोखिम कम गर्नुका साथै बारम्बार सडक खन्ने समस्या पनि घटाउने बताइएको छ।

शाक्यले अब प्रतिस्पर्धा पूर्वाधार निर्माणमा होइन, सेवा गुणस्तरमा केन्द्रित हुनुपर्ने उल्लेख गरे। उनका अनुसार एउटै पूर्वाधार प्रयोग गर्दा कम्पनीहरूबीच गुणस्तरीय सेवा र सुलभ मूल्यका लागि प्रतिस्पर्धा बढ्नेछ।

कम्पनीले भविष्यमा डाटा सेन्टरसम्बन्धी सेवा पनि विस्तार गर्ने योजना बनाएको छ। साथै, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्दै देशव्यापी डिजिटल कनेक्टिभिटीमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

प्राधिकरणका अनुसार यस पहलले नेपालको डिजिटल रूपान्तरण अभियानलाई गति दिने र सरकारी ‘डिजिटल नेपाल’ अवधारणालाई कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।












यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?