National life
cg eloctronics

हिमालयन बैंकको एफपीओ बाँडफाँड,१ लाख १९ हजार ६११ आवेदन बदर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
1.2kShares
हिमालयन बैंकको एफपीओ बाँडफाँड,१ लाख १९ हजार ६११ आवेदन बदर
muktinatha bikash bank

काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज काठमाण्डौको कमलादीस्थित हिमालयन बैंकको कार्यालयमा बिहान ९ बजे एफपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार बैंकको एफपीओमा कुल १८ लाख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसमध्ये ३ करोड ३३ लाख ८७ हजार ३४० कित्ता सेयर खरिदका लागि परेको १७ लाख ६ हजार ३११ आवेदन सदर भएको छ । यसरी १ लाख १९ हजार ६११ आवेदन बदर भएको छ । सदर भएका आवेदकहरुमध्ये ९ लाख २५ हजार ४६ जना आवेदकलाई ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

जसमध्ये ९ लाख २५ हजार ४६ जनालाई हजार १० कित्ताका दरले ९२ लाख ५० हजार ४६० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको ९ कित्ता सेयर ९ जना १–१ कित्ता का दरले बाँडफाँड गरिएको छ ।

everest bank

बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरमा रु।५७ प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?