National life

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड ,३० कित्तासम्म आवेदन दिने सबैले पाए शेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
913Shares
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड ,३० कित्तासम्म आवेदन दिने सबैले पाए शेयर
ncell

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो । जस मध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्यापिटलका अनुसार १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन्। अर्थात् २९ हजार २१ जनाले ४० कित्ता शेयर पाएका छन्। आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो ।

https://aarthikvoice.com/archives/21894

यो समाचार शेयर गर्नुहोस्
913SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?