काठमाडौँ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आवको सोही अवधिको तुलनामा यो रकम ७३.८७ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ६५ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।
त्यस्तै उक्त अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी ४.४६ प्रतिशतले बढाएको छ । संस्थाको खुद ब्याज आम्दानी १५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
संस्थाको रिजर्भको आकार ६.७४ प्रतिशतले बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ९२ करोड ९४ लाख र कर्जा प्रवाह ४ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपातमा भने केही सुधार आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.६१ प्रतिशतमा सीमित बनेको छ। संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १७ लाख ६० हजार रुपैयाँ छुट्टाएको छ ।
संस्थाले १ करोड ६२ लाख रुपैयाँ बराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको कर्मचारी खर्च १३ करोड १४ लाख र अन्य सञ्चालन खर्च ४ करोड १९ लाख रुपैयाँ रहेको छ ।

































