National life

हिमालयन लाइफको व्यतित बीमालेख नविकरण गर्दा २५ देखि शतप्रतिशतसम्म छुटको व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
1.4kShares
हिमालयन लाइफको व्यतित बीमालेख नविकरण गर्दा २५ देखि शतप्रतिशतसम्म छुटको व्यवस्था
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज/जरीवाना)मा छुटको व्यवस्था गरेको छ । कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु जेठ २३ गतेदेखि ३० गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।

कम्पनीले ३ वर्षसम्मको बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट,३ वर्षभन्दा माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखिमाथि जतिसुकै अवधिका लागी २५ प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?