National life

हिमालयन लाइफले व्यतित बीमालेख नविकरणमा २५ देखि शतप्रतिशतसम्म छुट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ जेठ २०८१, आइतबार
808Shares
हिमालयन लाइफले व्यतित बीमालेख नविकरणमा २५ देखि शतप्रतिशतसम्म छुट दिने
ncell

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ। मर्जर अघि साविकका (प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफ) बाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु जेठ ६ गतेदेखि १८ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुट पाइने व्यवस्था गरिएको हो।

कम्पनीले यो अवधिभित्र नविकरण गराउदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुटको व्यवस्था गरेको छ । ३ वर्षसम्मको बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट,३ वर्षभन्दा माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखिमाथि जतिसुकै अवधिका लागी २५ प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ । सो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने हिमालायन लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
808SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?