National life

हिमाल आरोहण गर्नेको संख्यामा वृद्धि : ७७ करोड बढी रोयल्टी सङ्कलन, कुन हिमालबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ वैशाख २०८२, सोमबार
780Shares
हिमाल आरोहण गर्नेको संख्यामा वृद्धि : ७७ करोड बढी रोयल्टी सङ्कलन, कुन हिमालबाट कति ?
ncell

काठमाडौँ । वसन्त ऋतु लागेसँगै हिमाल आरोहण गर्नेको संख्यामा वृद्धि आउँदा ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।

सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समूहका १०२, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन् ।

यो समाचार शेयर गर्नुहोस्
780SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?