National life

फागुनका लागि ९ बैंकले घटाए व्यक्तिगत निक्षेप ब्याजदर, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
1.1kShares
फागुनका लागि ९ बैंकले घटाए व्यक्तिगत निक्षेप ब्याजदर, कुनको कति ?
ncell

काठमाण्डौ । वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा ब्याजदर घटाउने क्रम जारी राखेका छन्। फागुन महिनाका लागि बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ०.११ प्रतिशतले घटेर ४.५७ प्रतिशतमा सीमित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माघमा यो औसत ४.६८ प्रतिशत थियो।

यस्तै, संस्थागत मुद्दती निक्षेपमा औसत ब्याजदर ०.०५ प्रतिशतले घटेर ३.३३ प्रतिशतमा झरेको छ। माघमा संस्थागत औसत ब्याजदर ३.३८ प्रतिशत थियो। फागुनमा ब्याजदर घटाउने ९ बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) रहेका छन्।

त्यसैगरी, नेपाल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ब्याजदर स्थिर राखेका छन्। बैंकहरूले यस्तो निर्णय वर्तमान तरलता अधिक भएका कारण गरेका हुन्।

                 फागुन महिनाका लागि बैंकअनुसार अधिकतम ब्याजदर

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?