National life

२४ घण्टामा दुई हजार बढी चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
1.3kShares
२४ घण्टामा दुई हजार बढी चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व संकलन
ncell

काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २ हजारभन्दा बढी चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले विभिन्न उल्लङ्घनका आधारमा २ हजार ५५ चालकलाई जरिवाना गर्दै राज्यकोषमा २२ लाख ११ हजार ५०२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने ८३ जना, अवैध ‘राइड सेयरिङ’ गर्ने १९२ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १०९ जना र तीव्र गतिमा सवारी चलाउने १०२ जनालाई कारबाही गरिएको छ।

यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने १४६, निषेधित क्षेत्रमा हर्न बजाउने १०३, सडक पेटीमा सवारी पार्किङ गर्ने ११२, एकतर्फी सडकमा सवारी चलाउने ८५ तथा अन्य विविध नियम उल्लङ्घन गर्ने १ हजार १२३ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?