काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २१९ ठाउँमा रहेको गैह्र बैंकिङ सम्पत्ति बिक्री गर्ने तयारीमा जुटेको छ ।
बैंकको नाममा दर्ता रहेको उपत्यकाका साथै विभिन्न जिल्लाको गैह्र बैंकिङ सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाले ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
आज एक सूचना प्रकाशन गर्दै बैंकले गैह्र बैंकिङ सम्पत्ति खरिद गर्नका लागि कर्जा असुली विभागमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने जनाएको छ ।
बोलपत्र पेश गर्ने अन्तिम दिनको भोलिपल्ट ३ बजे बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभागमा बोलपत्र खोलिने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।
































