National life

३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ पुस २०८०, बिहिबार
1.1kShares
३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा
ncell

काठमाडौँ । लागू औषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीसँग ३० हजार घुस लिने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरीमा तत्कालीन कार्यरत सई साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार लिइसकेको अवस्थामा आयोगले रंगेहात पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको देखिँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिई विशेषमा मुद्दा दायर गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?