काठमाडौं । नेपाल राष्ट्र बैंक्ले ६ वटा बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक लवर्ष २०८०/८१ को महिलो त्रैमासमा नियामकिय वयवस्था उ लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नगद जरवाना र सचेत गराएको हो ।
राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उलंघन गरेकोले ७० लाख रुपैयाँ नगद जरीवाना गरेको हो । यस्तै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) उलंघन गरेपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई पनि १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ नगद जरीवाना गरेको छ ।
एनएमबि बैंकले व्याज अनुदानको समुहियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान दिएपनि उक्त कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । सोही कारण राष्ट्र बैकले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको ।’



































