National life

७ वर्ष बित्दा पनि अधुरो सडक, आन्दोलनमा उत्रिए स्थानीय

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
777Shares
७ वर्ष बित्दा पनि अधुरो सडक, आन्दोलनमा उत्रिए स्थानीय
ncell

सिरहा । गोलबजार नगरपालिका–४ निपनियामा कञ्चनपुर–कमला सडक विस्तार आयोजनाको ढिलासुस्तीविरुद्ध स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले टायर बालेर विरोध जनाएका थिए।

स्थानीय बासिन्दा, व्यवसायी तथा सरोकारवालाहरूले शुक्रबार बिहान करिब डेढ घण्टा सडक बन्द गराउँदै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। करिब सात वर्षअघि ‘चाइना रेलवे नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२ इन्जिनियरिङ ग्रुप’ले जिम्मा लिएको परियोजना अझै सम्पन्न नभएपछि दैनिक जनजीवन प्रभावित भएको स्थानीयहरूको गुनासो छ।

सामान्य वर्षामा समेत सडक हिलाम्मे भई आवतजावत अवरुद्ध हुने, विद्यार्थी विद्यालय जान नपाउने र स्वास्थ्य समस्या बढ्ने गरेको स्थानीयले बताएका छन्। आन्दोलनपछि सम्बन्धित कम्पनी र स्थानीय तहबीच बिहान १० बजे छलफल गर्ने सहमति भएपछि अवरुद्ध सडक खुलाइएको छ। सहमतिबाट ठोस निष्कर्ष ननिस्किए पुनः कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान, गोलबजार र मिर्चैयालगायत क्षेत्रका नागरिकहरू सडक निर्माण अधुरो हुँदा सास्ती खेपिरहेका छन्। एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको ८६.८३ किलोमिटर सडक आयोजनामा हालसम्म करिब ६८ प्रतिशत मात्रै प्रगति भएको छ भने बाँकी काम अझै धेरै रहेको छ।

२०७७ असार ११ गते भएको सम्झौताअनुसार २०८० कात्तिकभित्र सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणले पटक–पटक ढिलाइ भएको हो। निर्माण कम्पनीको सुस्त काम, वित्तीय समस्या, कोरोना महामारी, रुख कटान तथा विद्युत् संरचना सार्ने कार्यमा भएको ढिलाइले आयोजना प्रभावित भएको छ।

आयोजनाको म्याद पटक–पटक थपिँदै आएको छ र हाल थपिएको समय आगामी असार १६ गते सकिँदैछ। लागत पनि बढ्दै गएको छ, प्रारम्भिक अनुमानभन्दा झण्डै ३ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ। कुल १५ अर्ब ६६ करोड लागत रहेको परियोजनामा एडीबी र नेपाल सरकारको संयुक्त लगानी रहेको छ।
यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?