National life
cg eloctronics

बीमाप्रतिको विश्वास अभिवृद्धि गर्नका लागि ठोस कदम चाल्न सिलवालको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ असोज २०८०, बिहिबार
877Shares
बीमाप्रतिको विश्वास अभिवृद्धि गर्नका लागि ठोस कदम चाल्न सिलवालको निर्देशन
muktinatha bikash bank

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाल बीमा प्राधिकरणबाट आज पोखरामा आयोजित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू तथा बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले बीमा बजारमा विश्वसनीयता कायम गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्नका लागि ठोस कदम चाल्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “मर्जरपश्चात् बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेको छ, बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरू बढाउँदै लानुपर्छ, बीमा सचेतना कार्यक्रमहरू संचालन गर्नुपर्छ, बीमा बजारका नयाँ नयाँ क्षेत्र पहिचान गर्नुपर्छ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3

अध्यक्ष सिलवालले बीमा ऐनमा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका लागि नीतिगत व्यवस्थाको पहल भइरहेको जानकारी दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा अभिकर्ताहरूले गर्ने कार्यको निरीक्षण गर्ने पहिलो कर्तव्य बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूको भएको बताउनुभयो ।

कार्यकारी निर्देशक पौडेलले प्राधिकरणबाट हुने स्थलगत निरीक्षणका क्रममा सत्यतथ्य विवरण नदिई गलत तथ्यांक दिने कम्पनीहरूलाई कानून बमोजिम कारवाही गरिने बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रोपर्टी ट्यारीफ रेट सम्बन्धी विषयलाई बीमकहरूको सुझाव लिएर सम्बोधन गरिने जानकारी दिनुभयो ।

everest bank

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका प्रदेश कार्यालयलाई अधिकार प्रत्यायोजन नभएको, अस्वस्थ प्रतिस्पर्धाका कारण बीमा बजारमा समस्या उत्पन्न भएको, नयाँ सर्भेयरलाई पर्याप्त काम नदिइएको लगायतका गुनासाहरू राख्नुभएको थियो ।

यसैगरी, बीमा कम्पनीहरू नगदरहित कारोवारतर्फ अघि बढ्नुपर्ने, बीमा सर्भेयरले तोकिएको समयमा नै रिपोर्ट बुझाउनुपर्ने, साना साना बीमा दाबी भुक्तानी प्रदेश कार्यालयबाट नै हुनेगरी अधिकार प्रत्यायोजन गर्नुपर्ने, बीमा बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न नेपाल बीमा प्राधिकरणले ठोस कदम चाल्नुपर्ने, वास्तविक बीमा दाबीको भुक्तानी समयमा नै दिनुपर्ने लगायतका विचार सहभागीहरूले व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहाल, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवार, नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएन, पोखराका पदाधिकारी, बीमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुखहरू र बीमा सर्भेयरहरूको सहभागिता रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?