National life

धरान विमानस्थल अलमलमा : रोक्का जग्गा ६ महिनापछि फुकुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
693Shares
धरान विमानस्थल अलमलमा : रोक्का जग्गा ६ महिनापछि फुकुवा
ncell

काठमाडौं। धरान उपमहानगरपालिका–१७ मा विमानस्थल निर्माणका लागि रोक्का राखिएको जग्गा ६ महिनापछि पुनः बिक्रीका लागि खुला गरिएको छ। भदौ ११ गते निवर्तमान मेयर हर्क साम्पाङ राईले रोक्का सिफारिस गरेका थिए, तर विमानस्थल निर्माणमा कुनै टुंगो नआएपछि स्थानीयले जग्गा फुकुवा गर्न आग्रह गरेका थिए।

कार्यवाहक मेयर आइन्द्राविक्रम बेघाले भने, “लामो समयसम्म व्यक्तिका जग्गा बिना कारण रोक्का राखिरहनु उचित छैन, त्यसैले फुकुवा गरिएको हो। यति इनकर्पोरेट प्रालिका नाममा रहेका जग्गाबाहेक अन्य जग्गाहरूको बिक्री वितरणको सिफारिस पनि गरिएको छ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको समितिले प्राविधिक र व्यवहारिक दृष्टिले उक्त स्थानमा विमानस्थल निर्माण सम्भव नहुने निष्कर्ष निकालेको थियो। समितिमा प्रबन्धक इन्जिनियर नलविक्रम थापा संयोजक, प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेका छन्।

निवर्तमान मेयर हर्क साम्पाङले नियम संशोधनमार्फत धरानमा विमानस्थल बनाउने घोषणा गरे तापनि प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ अनुसार सम्भावना नहुने देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?