National life

खानेपानीको महसुल बढाएको भन्दै नगरप्रमुख हर्क साम्पाङ विरुद्ध नाराबाजी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
596Shares
खानेपानीको महसुल बढाएको भन्दै नगरप्रमुख हर्क साम्पाङ विरुद्ध नाराबाजी
ncell

काठमाडौँ। धरान उपमहानगरपालिकाले खानेपानीको शुल्क तथा महसुल बढाएको विरुद्ध नाराबाजी भएको छ ।

महसुल वृद्धिविरुद्ध धर्ना बसेकाहरू उपमहानगर परिसरमा छिर्न खोजेपछि प्रहरीसँग सामान्य मतभेद भएको थियो । प्रदर्शनकारीहरू उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएको हो ।

प्रदर्शनमा करिब २०० जना सहभागी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रदर्शनकारीले धरान उपमहानगरपालिका कार्यालयबाहिर नाराबाजी गरिरहेका छन् । महसुल वृद्धिविरुद्ध प्रदर्शनकारीहरूले बिहीबार बिहान उपमहानगर अगाडि धर्ना दिएका थिए ।

धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका थिए । धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुने गरी खानेपानी महसुल र शुल्क वृद्धि गरेको थियो । बढेको महसुलविरुद्ध १० राजनीतिक दलले विरोध गरिरहेका छन् ।

आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए । त्यसको भोलिपल्ट सोमबार राजनीतिक दलहरूले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?