National life

धरानमा पनि भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
1.2kShares
धरानमा पनि भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक
ncell

काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले नगरभित्रका हलहरुमा विवादास्पद ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिने निर्णय गरेका हुन् ।

सोमबार मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला ।’

काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’सहित भारतीय कुनै पनि चलचित्रलाई रोक लगाइसकेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मेयर शाहले ‘आदिपुरुष’मा रहेको सीता भारतीय छोरी हुन् भन्ने संवाद नहटाएसम्म अन्य भारतीय चलचित्र पनि सोमबारदेखि चल्न नदिने घोषणा गरेका छन्।

त्यस्तै पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ। ‘आदिपुरुष’ को विवादित संवाद नसच्चाइएको भन्दै पोखरा महानगरपालिकामा पनि प्रदर्शनमा रोक लगाइएको हो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?