National life

सीमा सुरक्षा र लोकतन्त्रबारे सरकारलाई हर्क साम्पाङको कडा आलोचना

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.3kShares
सीमा सुरक्षा र लोकतन्त्रबारे सरकारलाई हर्क साम्पाङको कडा आलोचना
ncell

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले लिपुलेक क्षेत्रमा भारतले नाका सञ्चालन गरिरहँदा नेपाल सरकार निष्क्रिय रहेको आरोप लगाएका छन्।

उनले सरकार किन यस विषयमा कूटनीतिक पहल गर्न नसकेको भन्दै प्रश्न उठाएका छन्। भारतसँग औपचारिक सहमति बिना नै स्थिति अघि बढिरहँदा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्न नसकेको उनको टिप्पणी छ।

सीमा सुरक्षाको विषयमा पनि उनले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै नेपाली सेना कहाँ परिचालन भइरहेको भन्ने विषयमा स्पष्टता माग गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सीमा संरक्षणभन्दा अन्यत्र ध्यान केन्द्रित गरिएको आरोप उनले लगाएका छन्।

साथै, उनले सरकारले नागरिकका आधारभूत अधिकार उल्लंघन गरेको दाबी गर्दै आवासको हकसमेत प्रभावित भएको बताएका छन्।

संसदीय प्रक्रियालाई बेवास्ता गर्दै अध्यादेश ल्याउने प्रवृत्तिको पनि उनले विरोध गरेका छन्। संसदलाई छल्नु लोकतान्त्रिक अभ्यास विपरीत भएको उल्लेख गर्दै उनले जनमतको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्।

संवैधानिक परिषद् गठन र निर्णय प्रक्रियाबारे पनि उनले प्रश्न उठाएका छन्। साथै बजेट निर्माण गर्दा प्रतिपक्षसँग परामर्श गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

राजस्व नीतिमा समेत टिप्पणी गर्दै उनले साना वस्तुमा समेत भन्सार लगाउने तर अवैध आयात नियन्त्रण गर्न नसकिएको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?