National life

हर्क साम्पाङको आरोप: सरकार संसद्प्रति उत्तरदायी छैन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०७ जेठ २०८३, बिहिबार
1.4kShares
हर्क साम्पाङको आरोप: सरकार संसद्प्रति उत्तरदायी छैन
ncell

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वर्तमान सरकार संसद्प्रति जिम्मेवार नदेखिएको भन्दै कडा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले प्रेस विज्ञप्ति जारी गर्दै सरकारका प्रमुख मन्त्रीहरू संसद्मा अनुपस्थित रहने र उठेका प्रश्नहरूको जवाफ नदिने प्रवृत्तिले संसदीय प्रणाली कमजोर बनाएको बताएका छन्।

उनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलगायतका शीर्ष नेतृत्व सदनमा नआउनु र उत्तर नदिनु प्रतिनिधिसभा सञ्चालन नियमावली विपरीत भएको दाबी गरेका छन्। उनका अनुसार यस्तो व्यवहारले संसद्को गरिमा घटाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राईले सदनमा उपस्थित भएका केही मन्त्रीहरूको जवाफ पनि सन्तोषजनक नभएको उल्लेख गर्दै थप प्रश्न उठाउन खोज्दा सभामुखले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले संसद्लाई जनताका प्रश्न उठाउने र नीति निर्माण गर्ने थलोका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार आफूले अघिल्लो सत्रमा उठाएका प्रश्नहरूको समेत जवाफ नपाएको भन्दै यस अवस्थालाई लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक रूपमा लिनुपर्ने बताएका छन्।

सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनले कार्यपालिका उत्तरदायी बनाउने दायित्व पूरा गर्न नसकेको आरोप लगाए।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?