सन् १९८९ मा थाई अदालतले १६ हजारभन्दा धेरै मानिसलाई ठगी गरेको आरोपमा एक थाई महिलालाई एक लाख ४१ हजार ७८ वर्षको जेल सजाए सुनाइएको थियो । तर झण्डै डेढ लाख वर्षको जेल सजाय पाएकी ती महिला जम्मा ८ वर्ष जेल बसेर छुटिन् ।
चामोए थिप्यासो नाम गरेकी ति महिलाले एक चिट फण्ड कम्पनी खडा गरेर लगानीको उच्च प्रतिफल दिने लोभ देखाउँदै १६हजार २३१ जनालाई ठग्न सफल भएकी थिइन् । ती मानिसहरुले लगानीका लागि भन्दै जम्मा गरेको २७ अर्ब रुपैयाँभन्दा धेरै रकम उनले अबचलन गरेकी थिइन् ।
डेलीमेलका अनुसार चामोएले सन् १९६० मा बचत योजनाको नाममा एक कम्पनी सुरु गरेकी थिइन् ।
बचत योजनामा लगानी गर्नेलाई शेयरको रुपमा तेल बण्ड दिइने र त्यसबाट उच्च प्रतिफल प्राप्त हुने भन्दै उनले बताएकी थिइन् । त्यस्तो झुटो आश्वासनमा फसेर थाइल्याण्ड र भारतका समेत कैयन् मानिसहरुले उनको कम्पनीमा लगानी गरे र उनीहरुको पैसा डुब्यो ।
यति मात्रै होइन चामोएको कम्पनीमा शाही परिवारले समेत ठुलो रकम लगानी गरेका थिए । तर उनको कम्पनी तथा गतिविधिहरु सबै गैरकानूनी तथा फर्जी रहेको पाइएपछि उनलाई पक्रिएर सरकारको सहयोगमा सबै पीडितको रकम फिर्ता गरिएको थियो ।
उक्त घटनापछि थाइल्याण्डमा एक नयाँ कानून लागू भयो । जस अनुसार धोकाधडी तथा ठगीको मामिलामा कुनै पनि दोषीलाई २० वर्षभन्दा धेरै समय जेलमा राख्न पाइँदैनथ्यो ।त्यहि कानुनमा टेकेर उनलाई जम्मा ८ वर्ष जेलमा बसेपछि रिहा गरियो।एजेन्सीको सहयोगमा


































