National life

वैदेशिक लगानी ४७ अर्बभन्दा बढी, कृषि क्षेत्रमा बढी आकर्षण

अधिकांश लगानी अप्रुभल रुटमार्फत र बाँकी अटोमेटिक रुटमार्फत आएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
1.2kShares
वैदेशिक लगानी ४७ अर्बभन्दा बढी, कृषि क्षेत्रमा बढी आकर्षण
ncell

काठमाडौँ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता चालु आर्थिक वर्षको ११ महिनामा ४७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ, जसले लगानी प्रवाहमा मिश्रित प्रवृत्ति देखाएको छ।

उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म कुल ४७ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ बराबरको एफडीआई स्वीकृत भएको हो। यसमध्ये अधिकांश लगानी अप्रुभल रुटमार्फत र बाँकी अटोमेटिक रुटमार्फत आएको छ।

जेठ महिनामा मात्रै २ अर्ब २९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ भने १८६ वटा परियोजना दर्ता भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुल ९१४ कम्पनीमार्फत लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

लगानीको क्षेत्रगत विश्लेषणअनुसार कृषि तथा वनजन्य क्षेत्रमा सबैभन्दा बढी रकम आएको छ भने सूचना प्रविधि क्षेत्रमा परियोजना संख्या उच्च रहेको छ। पर्यटन, सेवा, उत्पादन, पूर्वाधार, ऊर्जा र खनिज क्षेत्रमा पनि लगानी विस्तार देखिएको छ।

विभागका अनुसार चालु आर्थिक वर्षभर लगानीको प्रवाह महिनाअनुसार उतारचढावपूर्ण देखिएको छ, जसमा सुरुवाती महिनामा उच्च र पछिल्ला महिनामा घट्दो प्रवृत्ति देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?