काठमाडौं । वस्तु व्यापारको कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सीजी इम्पेक्स प्रालि सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा नेपाल सरकारको अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले कम्पनीलाई सम्मानपत्र प्रदान गरेको हो।
विभागले करदातालाई कर दाखिलामार्फत राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै कदरस्वरूप सम्मान गरेको जनाएको छ।
सम्मानपत्रमा कम्पनीलाई भविष्यमा अन्य करदाताका लागि प्रेरणाको स्रोत बन्दै थप योगदान पुर्याउने अपेक्षासमेत व्यक्त गरिएको छ।

































