National life

मार्जिन ट्रेडिङ विस्तार गर्न ब्रोकरहरू आक्रामक, २ कम्पनीले साढे ४ अर्ब जुटाउने

किन बढ्यो मार्जिन कारोबारप्रति आकर्षण ?

max lubricant tata
बिजय राज फुयाँल
बिजय राज फुयाँल
२ महिना अगाडि|१९ असार २०८३, शुक्रबार
13.4kShares
मार्जिन ट्रेडिङ विस्तार गर्न ब्रोकरहरू आक्रामक, २ कम्पनीले साढे ४ अर्ब जुटाउने
ncell

काठमाडौं । मार्जिन ट्रेडिङका लागि धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूले बैंक कर्जा जुटाउने प्रक्रिया तीव्र बनाएका छन् । यसक्रममा दुई ठूला ब्रोकर कम्पनी नासा सेक्युरिटिज र भिजन सेक्युरिटिजले मात्रै हालसालै साढे ४ अर्ब रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ गराइसकेका छन् ।

नासाले ३ अर्ब रुपैयाँ तथा भिजन सेक्युरिटिजले १ अर्ब ५० करोड रुपैयाँ कर्जाका लागि क्रेडिट रेटिङ पूरा गरेका हुन् । अन्य ब्रोकर कम्पनीहरूले पनि रेटिङ प्रक्रिया अघि बढाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लागू गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका–२०८२ कार्यान्वयनमा आएपछि ब्रोकर कम्पनीहरू मार्जिन कारोबारका लागि तयारी तीव्र पारेका हुन् । हाल ९२ ब्रोकरमध्ये ३१ कम्पनीले मात्रै मार्जिन कारोबार सञ्चालनको अनुमति पाएका छन् । तर अहिलेसम्म नासा सेक्युरिटिज बाहेक अन्य कुनै ब्रोकरले पूर्ण रूपमा सेवा सञ्चालन गर्न सकेका छैनन्।

नासाले ३ अर्ब रुपैयाँसम्म मार्जिन कर्जा विस्तार गर्ने

केयर रेटिङ्स नेपाल लिमिटेडले नासा सेक्युरिटिजको १ करोड १० लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाका लागि केयर एनपी ए माइनस  तथा २ अर्ब ९८ करोड ९० लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि केयर एनपी ए २ प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले मुख्य रूपमा मार्जिन कारोबार विस्तार गर्न उक्त बैंक सुविधा उपयोग गर्ने जनाएको छ।

यता, भिजन सेक्युरिटिजले पनि १ अर्ब ५० करोड रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जाका लागि केयर एनपी ए२  रेटिङ प्राप्त गरेको छ । कम्पनीले बैंकबाट कर्जा स्वीकृतिको अन्तिम चरणमा रहेको र छिटै मार्जिन ट्रेडिङ सेवा सुरु गर्ने लक्ष्य राखेको जनाएको छ।

 किन बढ्यो मार्जिन कारोबारप्रति आकर्षण ?

सेबोनले फागुन १ गतेदेखि मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका–२०८२ लागू गरेपछि ब्रोकर कम्पनीहरूलाई मार्जिन कारोबार सञ्चालनको बाटो खुलेको हो। त्यसपछि नेपाल राष्ट्र बैंकले पनि मार्जिन कर्जासम्बन्धी केही व्यवस्था सहज बनाएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत सर्ट सेलिङ, इन्ट्रा डे कारोबार तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न दिने घोषणा पनि गरिएको छ। यी व्यवस्थाले आगामी दिनमा शेयर बजारको कारोबार बढ्ने र ब्रोकर कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ।

नासा र भिजन किन पाए राम्रो रेटिङ ?

केयर रेटिङ्सका अनुसार नासा सेक्युरिटिजले नेपालको पूँजी बजारमा दुई दशकभन्दा बढी सञ्चालन अनुभव, करिब ६.५ प्रतिशत बजार हिस्सा, बलियो ग्राहक आधार, स्वस्थ नाफा, पर्याप्त पूँजी तथा आधुनिक डिजिटल प्रणालीका कारण उच्च रेटिङ प्राप्त गरेको हो।

आर्थिक वर्ष २०८१/८२ मा नासाको कुल सञ्चालन आम्दानी ८३ करोड ४० लाख रुपैयाँ, खुद नाफा ३१ करोड २० लाख रुपैयाँ तथा कुल कारोबार २ खर्ब ६० अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो।

सेयर बजारमा म्युचुअल फन्डको ६८ अर्ब लगानी; १ महिनामै १.७७ अर्ब थपियो

त्यस्तै, भिजन सेक्युरिटिजले दुई दशकभन्दा लामो सञ्चालन अनुभव, करिब १ लाख ३८ हजार सक्रिय ग्राहक, पर्याप्त पूँजीकरण तथा बजारमा दोस्रो स्थानसम्म उक्लिएको कारोबारका आधारमा रेटिङ प्राप्त गरेको हो।

अझै चुनौती कायमै

केयर रेटिङ्सले दुवै कम्पनीको व्यवसाय विस्तारको सम्भावना सकारात्मक देखिए पनि आम्दानी अझै मुख्य रूपमा ब्रोकरेज कमिसनमा निर्भर रहेको जनाएको छ। शेयर बजारमा कारोबार घटे, लगानीकर्ताको मनोबल कमजोर भयो वा नियामकीय व्यवस्था परिवर्तन भए दुवै कम्पनीको आम्दानी र नाफामा असर पर्न सक्ने उल्लेख गरिएको छ।

यता स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी मौद्रिक नीतिमार्फत मार्जिन ट्रेडिङ कर्जालाई छुट्टै वित्तीय उत्पादनका रूपमा मान्यता दिन, व्यावसायिक कर्जामा वर्गीकरण गर्न तथा शेयर धितो र मार्जिन प्रकृतिका कर्जामा रहेको विद्यमान सीमा पुनरावलोकन गर्न राष्ट्र बैंकसँग आग्रह गरेको छ।

बजार जानकारहरूका अनुसार आगामी केही महिनाभित्र थप ब्रोकर कम्पनीहरूले पनि बैंक कर्जा जुटाएर मार्जिन कारोबार सुरु गर्ने तयारी गरेसँगै नेपालको पूँजी बजारमा मार्जिन ट्रेडिङ विस्तार हुने संकेत देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
13.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?