National life

६ विकास बैंक सहित १०२ कम्पनीहरू मार्जिन कारोबारयोग्य, कुन-कुन समेटिए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
646Shares
६ विकास बैंक सहित १०२ कम्पनीहरू मार्जिन कारोबारयोग्य, कुन-कुन समेटिए ?
ncell

काठमाडौं। मार्जिन कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले योग्य सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेको छ।

नेप्सेले आज सार्वजनिक गरेको सूचीअनुसार १०२ वटा सूचीकृत कम्पनी मार्जिन कारोबारका लागि योग्य देखिएका हुन्। जस अनुसार ९ वटा जीवन बीमा कम्पनी, ९ वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी गरेर जम्मा १९ वटा बीमा कम्पनी सूचीमा परेका छन्।

साथै, यो सूचीमा महालक्ष्मी सहित राष्ट्रियस्तरका ६ वटा विकास बैंक, ३३ वटा लघुवित्त संस्था र एउटा फाइनान्स कम्पनी परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानी समूहका ४ वटा, उत्पादन समूहका ३ वटा, जलविद्युत समूहका १५ वटा, होटल समूहका २ वटा र अन्य समूहबाट नेपाल टेलिकम मार्जिन कारोबारयोग्य कम्पनीमा परेका छन्।

नेप्सेले यस अघि सार्वजनिक गरेको यो सूचीमा ११२ वटा कम्पनी रहेका थिए । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?